उदयपुर- अपाङ्गता भएकी बालिकामाथि जबरजस्ती गरेको अभियोगमा उदयपुर प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
त्रियुगा नगरपालिका-३ स्थित त्रियुगा बसपार्ककी बोल्न नसक्ने १६ वर्षीया अपाङ्गता बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सोही वडाका २८ वर्षीय राजन राउत रहेका छन्।
राति ८ बजेको समयमा ती युवकले बालिकामाथि बलात्कार गरेको पीडितका आफन्तले दिएको जाहेरीमा उल्लेख छ।
प्रहरी हिरासतमा राखिएका रहेका उनीमाथि अदालतबाट पाँच दिनको म्याद थपेर अनुसन्धान सुरु भएको छ। पक्राउ परेका राउत खोटाङ घर भइ बसपार्कमै
अस्थायी बसोबास गर्दै आएको प्रहरीले जनाएको छ।