शनिबार, जेष्ठ ७, २०७९ | Saturday 21st May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • निर्वाचन आयोगले मुख्यमन्त्री त्रिलोचन भट्टलाई स्पष्टीकरण सोधेको छ
समाचार

निर्वाचन आयोगले मुख्यमन्त्री त्रिलोचन भट्टलाई स्पष्टीकरण सोधेको छ

  • सिधा दृष्टी बिहिबार, बैशाख २२, २०७९ | May 5, 2022

काठमाडौँ — निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आचार संहिता विपरीत अभिव्यक्ति दिएको भन्दै आयोगले स्पष्टीकरण सोधेको विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

मुख्यमन्त्री भट्टले कैलालीको कैलारी गाउँपालिका अग्निपीडितलाई तुरुन्तै घर बनाइदिन्छु, अन्य सुविधासमेत दिन्छु भनेर आश्वासन दिएको र उक्त आश्वासन चुनावमा मत प्रभाव पार्ने गरी अभिव्यक्त भएकाले स्पष्टीकरण सोधिएको आयोगका अधिकारीहरुले बताएका छन् ।

यस्तै, निर्वाचन पर्यवेक्षण समिति नेपालका अध्यक्ष प्रदीप पोखरेललाई पनि आयोगले स्पष्टीकरण सोधेको छ । मुख्यमन्त्री भट्ट र पोखरेल

दुबैलाई चौविस घण्टाभित्र स्पष्ट गरी पठाइदिन भनिएको आयोगका उपसचिव एवम् सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

निर्वाचन पर्यवेक्षण समिति नेपालका अध्यक्ष पोखरेलले एउटा टेलिभिजनलाई अन्तर्वार्ता दिँदा निर्वाचन आयोगप्रति अनास्था जगाउने अभिव्यक्ति दिएको र व्यक्ति विशेषलाई भोट मागेको पाइएको आयोगले जनाएको छ ।

आयोगका अधिकारीहरुका अनुसार ‘आचारसंहिता र पदाधिकारीको नियुक्ति लगायतका विषय, निर्वाचन आयोगप्रति र निर्वाचनकै प्रक्रियामा अनास्था फैलाउने अभिव्यक्ति तपाईंको व्यक्तिगत मत हो
कि संस्थागत खुलाई पाउँ’ भनेर सोधिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय