सोमवार, अशोज १५, २०८० | Monday 2nd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी नेपाल- जिम्बावे ‘ए’ टी-२० सिरिजमा आज अन्तिम खेल हुँदैछ
समाचार

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी नेपाल- जिम्बावे ‘ए’ टी-२० सिरिजमा आज अन्तिम खेल हुँदैछ

  • सिधा दृष्टी बुधबार, बैशाख २१, २०७९ | May 4, 2022

काठमाडौं- कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी नेपाल- जिम्बावे 'ए' टी-२० सिरिजमा आज अन्तिम खेल हुँदैछ।

बुधबार हुने अन्तिम तथा तेस्रो खेलमा आज नेपालले र शृंखला बराबरी गर्ने लक्ष्यका साथ आज नेपाली टिम मैदान प्रवेश गर्नेछ। सिरिजको पहिलो खेलमा नेपालले हार बेहोरी सकेको छ। तर मौसमको प्रतिकुल प्रभावका कारण नेपाल र जिम्बावेको दोस्रो खेल रद्द भएको थियो।

त्यसैले आजको खेलमा नेपालले जित निकाल्न सके सिरिज बराबरी हुनेछ। टी २० शृंखलापछि नेपाल र जिम्बाबेले ३ खेलको एक दिवसीय शृंखला खेल्ने छ।

नेपालले यस अघि पपुवा न्युगिनीसँग २ खेलको एक दिवसीय शृंखला खेलेको थियो भने पपुवा न्युगिनी र मलेसियासँग टी २० क्रिकेट शृंखला खेलेको थियो। टी २० मा नेपालले फाइनलमा पपुवा न्युगिनीलाई हराउँदै विजेता भएको थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय