धनगढी- बझाङमा पहिरो गएपछि जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ। जिल्लाको केदारस्यूँ गाउँपालिका-१ स्थित सडकमाथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ।
मंलबार आएको वर्षाका कारण पहिरो जाँदा सडक अवरुद्ध बनेको हो। पहिरोले सडक मंगलबार राति ८ बजेबाट अवरुद्ध भएको र राजमार्ग खुलाउने प्रयास भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।