काठमाडौं- चितवनको खैरहनीस्थित कुमरोज मध्यवर्ती सामुदायिक वनबाट नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको छ।
चितवन राष्ट्रिय निकुञ्जको टोलीले उक्त भाले बाघलाई मंगलबार बिहान नियन्त्रणमा लिएको हो। निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आर्चायले उक्त बाघलाई नियन्त्रणमा लिइएको बताएका छन्।
गत आइतबार बिहान सो बाघको आक्रमणबाट खैरहनी १३ वैरियाका ६५ वर्षीय नारायण दाहालको मृत्यु भएको थियो।
बाघ नियन्त्रणका लागि दुई दिनदेखि प्रयास थालिएको उनले बताएका छन्। बाघलाई अहिले खोरमा राखिएको छ।