काठमाडौं- आइजिपीमा धिरजप्रताप सिंहलाई नियुक्त गर्ने निर्णयविरुद्ध परेको रिटमा आज सुनुवाइ हुने भएको छ। एआइजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
उनको तर्फबाट रिट लिएर कानुनी सहयोगी सुनिता रावत सर्वोच्चमा गएकी थिइन्। रिटमा वरिष्ठता मिचेर भएको बढुवा बदरको माग गरिएको थियो। सोमबार दर्ता भएको रिटको सुनुवाइ बुधबार तोकिएको थियो।
सिंहभन्दा पोखरेल १६ महिना अगाडि बढुवा भए पनि एक महिना अगाडि एआइजिमा बढुवा पाएका सिंहलाई सरकारले आइतबार आइजिपीमा नियुक्त गर्ने निर्णय गर्दै सोमबार दर्ज्यानी चिन्हसमेत लगाइसकेका छन्।