काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह चुनावमा ठूला दललाई राप्रपाले ठक्कर दिने दाबी गरेका छन्।
जनताको मन बदलिएको बताउँदै उनले यस पटकको स्थानीय तह चुनावमा राप्रपाले ठूला दललाई टक्कर दिने बताएका हुन्।
झापाको कचनकवल घेराबारीमा भएको सभालाई सम्बोधन गर्दै उनले राप्रपालाई कमजोर शक्तिका रूपमा नलिन आग्रह गरेका छन्। उनले राजनीतिलाई पेशाभन्दा पनि सेवाका रूपमा अघि बढाउनु पर्ने धारणा राखेका छन्।
राजनीति सत्ताका लागिभन्दा पनि देश बनाउनका लागि गरिनुपर्ने लिङ्देनको धारणा छ। भ्रष्टाचार गर्नेलाई राप्रपाले ठाउँ