विराटनगर- मोरङको कानेपोखरीमा ट्रकको ठक्करबाट आइतबार राति मोटरसाइकल चालकको मृत्यु भएको छ।
पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका–७ मा ना ३ ख ६७६ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४९ प ८९७१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।
पूर्वबाट पश्चिमतिर जाँदै गरेको ट्रकले ठक्कर दिँदा विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकलका चालक विराटनगर महानगरपालिका–१६ का २९ वर्षीय रूपक श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि विराटनगरको न्युरो अस्पताल पुर्याउनसाथ राति ८:३० बजेतिर चिकित्सकले