आइतवार, अशोज ९, २०७९ | Sunday 25th September 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • ८ हजार ३३ उम्मेदवारले मनोनयन फिर्ता लिए
समाचार

८ हजार ३३ उम्मेदवारले मनोनयन फिर्ता लिए

  • सिधा दृष्टी सोमवार, बैशाख १९, २०७९ | May 2, 2022

काठमाडौं- स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरू मनोनयन फिर्ता लिएका छन्। त्यसरी मनोनयन फिर्ता लिने ८ हजार ३३ उम्मेदवार रहेका छन्।

निर्वाचन आयोगले प्रशोधन गरेको प्रारम्भिक तथ्यांक अनुसार, वडा अध्यक्षले सबैभन्दा बढी र नगरपालिकाको उपप्रमुख पदमा सबैभन्दा कमले उम्मेदवारी फिर्ता लिएका छन्।

आयोगले २ सय ८० जना गाउँपालिका अध्यक्ष र २ सय २५ जना गाउँपालिका उपाध्यक्षले मनोनयन फिर्ता लिएको जनाएको छ।

यस्तै २ सय ६८ नगरपालिका प्रमुख, २ सय ४ नगरपालिका उपप्रमुख, २ हजार ८

सय ३७ जना वडाध्यक्षले मनोनयन फिर्ता लिएको आयोगले जनाएको छ।

आयोगका अनुसार दलित महिला सदस्य ६ सय ७७, महिला सदस्य ९ सय ७२ र वडा सदस्य २ हजार ५ सय ७० जना गरी कूल ८ हजार ३३ ले उम्मेदवारी फिर्चा लिएका हुन्।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय