शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • तिनाउ खोलामा डुबेर भारतीय नागरिकको ज्यान गएको छ
समाचार

तिनाउ खोलामा डुबेर भारतीय नागरिकको ज्यान गएको छ

  • सिधा दृष्टी सोमवार, बैशाख १९, २०७९ | May 2, 2022

पाल्पा- सिद्धार्थ राजमार्ग छेउमा पर्ने तिनाउ खोलामा डुबेर आइतबार भारतीय नागरिकको ज्यान गएको छ।

ज्यान गुमाउनेमा भारत गोरखपुर घर भएका ३५ वर्षीय अंकित श्रीवास्तव रहेका छन्। तिनाउ गाउँपालिका–३, दोभान ड्याम क्षेत्रमा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी बीरेन्द्र थापाले बताए।

पौडी खेल्ने क्रममा डुबेका श्रीवास्तवलाई सँगै आएका साथीहरूले उद्धार गरी प्रादेशिक अस्पताल रुपन्देही बुटवलमा लगेका थिए।

उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय