काठमाडौं- काठमाडौंस्थित बबरमहलमा भएको स्कुटर दुर्घटनामा एकजनाको मृत्यु भएको छ।
आइतबार राति करिब पौने १२ बजे बा६१प ८९८८ नम्बरको स्कुटर अनियन्त्रित भएर पल्टिँदा डडेलधुरा घर भइ काठमाडौंको कोटेश्वर बस्ने २६ वर्षका केविन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको वीर अस्पतालमा उपचारका क्रममा राति पौने २ बजे मृत्यु भएको हो।