महोत्तरी- स्रोत नखुलेको चार लाख रुपैयाँसहित महोत्तरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जलेश्वर नगरपालिका-१२ थरुवाहीका १९ वर्षीय सुजित मण्डल रहेका छन्।
भारतबाट झोला बोकेर पैदल नेपालतर्फ आउँदै गरेका मण्डललाई जलेश्वर नगरपालिका-३ स्थित भन्सार कार्यालय अगाडिबाट आइतबार पक्राउ गरिएको महोत्तरी प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मण्डलले बोकेको झोलाबाट चार सय थान एक हजारको नोट बरामद भएको छ। उनलाई नियन्त्रणमा लिएर जलेश्वर भन्सार कार्यालयको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।