बिहिबार, जेष्ठ १२, २०७९ | Thursday 26th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • ललितपुरमा महिला मतदाता धेरै सङ्ख्यामा रहेका छान्
समाचार

ललितपुरमा महिला मतदाता धेरै सङ्ख्यामा रहेका छान्

  • सिधा दृष्टी सोमवार, बैशाख १९, २०७९ | May 2, 2022

काठमाडौं- ललितपुरमा कूल दुई लाख ४३ हजार ८८४ मध्ये महिला मतदाता बढी छन्। जिल्लामा पुरुष मतदाता एक लाख १८ हजार ९३३, महिला मतदाता एक लाख २४ हजार ९५० र तेस्रो लिङ्गी एक जना छन्।

जिल्लामा एक महानगरपालिका, दुई नगरपालिका र तीन गाउँपालिका छन्। ललितपुर महानगरपालिकामा महिला ६३ हजार ४३७ र पुरुष ५९ हजार ४५३ गरी कूल एक लाख २२ हजार ८९० मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख गोमा घिमिरेले जानकारी दिए।

यस्तै महालक्ष्मी नगरपालिकामा पुरुष १७ हजार ५४८ र

महिला १९ हजार ११९ गरी कूल ३६ हजार ६६७, गोदावरी नगरपालिकामा पुरुष २६ हजार ६२९ र महिला २७ हजार ७६९, तेस्रोलिङ्गी एक गरी कूल ५४ हजार ३९९ मतदाता छन्।

कोन्ज्योसोम गाउँपालिकामा पुरुष चार हजार ३१२, महिला चार हजार २७६ गरी कूल आठ हजार ५८८, बागमती गाउँपालिकामा पुरुष पाँच हजार ९६०, महिला ६ हजार ३६८ गरी कूल १२ हजार ३२८ तथा महाङ्काल गाउँपालिकामा पुरुष चार हजार ६२३, महिला चार हजार ३८९ गरी कूल नौ हजार १२ मतदाता रहेको घिमिरेले बताए।

त्यसैगरी ललितपुरमा १३१ मतदानस्थल र २८८ मतदान केन्द्र निर्धारण गरिएको छ। ललितपुर महानगरपालिकामा ५२ मतदानस्थल र १३७ मतदान केन्द्र, महालक्ष्मीमा १८ मतदानस्थल र ४३ मतदान केन्द्र, गोदावरीमा ३१ मतदानस्थल र ६६ मतदान केन्द्र, कोन्ज्योसोममा सात मतदान स्थल र १२ मतदान केन्द्र, बागमतीमा १३ मतदानस्थल र १७ मतदान केन्द्र तथा महाङ्कालमा १० मतदानस्थल र १३ मतदान केन्द्रको व्यवस्था गरिएको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय