शनिबार, चैत्र १८, २०७९ | Saturday 1st April 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • सत्ता गठबन्धनको बैठकले स्थानीय तह निर्वाचनमा समझदारी अनुरुप काम गर्न निकायलाई निर्देशन
समाचार

सत्ता गठबन्धनको बैठकले स्थानीय तह निर्वाचनमा समझदारी अनुरुप काम गर्न निकायलाई निर्देशन

  • सिधा दृष्टी आइतवार, बैशाख १८, २०७९ | May 1, 2022

काठमाडौँ – सत्ता गठबन्धनको बैठकले स्थानीय तह निर्वाचनमा समझदारी अनुरुप काम गर्न आ–आफ्ना दलले मातहतका निकायलाई निर्देशन दिने निर्णय गरेको छ । आज बसेको स्थानीय तह निर्वाचनको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले गठबन्धनको मर्म र भावना अनुरुप आपसी एकता कायम गर्दै निर्वाचनमा सक्रियतापूर्वक जिम्मेवारी पूरा गर्ने निर्णय पनि गरेको छ ।

यो निर्णय पालना नगर्नेलाई आ–आफ्ना दलले कारबाही गर्ने निर्णय पनि संयन्त्रको बैठकले गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय