काठमाडौँ – नेपाली कांग्रेसले पार्टीको आधिकारिक उम्मेदवारलाई सघाउने वक्तव्य निकाल्ने बागी उम्मेदवारलाई कारबाही नगर्ने भएको छ ।
आज पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पार्टीको निर्देशन विपरित उम्मेदवारी दिने व्यक्ति पार्टी विधान अनुसार स्वत्ः पार्टीबाट निष्काशित हुने भएपनि पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा वक्तव्य निकाल्ने बागी उम्मेदवारलाई पार्टीबाट निष्काशन नगरीने बताउनुभएको हो ।
प्रवक्ता महतले पार्टी र गठबन्धनको निर्णय अनुसारको आधिकारिक उम्मेदवारको पक्षमा आउन पनि बागी उम्मेदवारहरुलाई आग्रह गर्नुभयो ।
उहाँले स्थानीय तह निर्वाचनमा तालमेल सफल