काठमाडौँ — सिरहामा स्थानीय तहको निर्वाचनको प्रचारमा हिँडेका एक वृद्धको लडेर मृत्यु भएको छ ।
जिल्लाको नवराजपुर गाउँपालिकामा जनता समाजवादी पार्टीको घरदैलो कार्यक्रममा हिँडेका स्थानीय ६५ वर्षीय बद्री मोचीको मृत्यु भएको हो ।
चुनाव प्रचारको जुलुसमा हिँड्दै गर्दा लडेर बेहोस भएका उनलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका जनाएको छ ।
वृद्धको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ । वृद्धको मृत्युबारे थप अनुसन्धान गरिने
प्रहरीले जनाएको छ ।