काठमाडौँ – नेकपा एमालेबाट काठमाडौं महानगर मेयरका उम्मेदवार केशव स्थापितले मेयर भएको भोलिपल्टबाटै नागरिकको सेवामा लाग्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
स्थापितले मेयरले ६ महिनासम्म सगुन खाएर हिँडेको आफूले देखेको उल्लेख गर्दै आफूले भने एकै दिनमा सो काम सकाएर महानगरवासीको सेवाको काममा लाग्ने बताउनु भयो ।
आईतबार अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सगुन खाँदा पनि झोल नखाने भन्दै नल्याउन पनि सबैलाई आग्रह गर्नु भयो ।
उहाँले पानी ल्याउने, विष्कुट ल्याउने अनि बाँडेर सगुन खाने र