आसन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका दलसंग तालमेल गरिएका उम्मेदवारलाई विजयी गराउन सबै पालिकाहरुमा सम्बन्धित प्रदेश कार्यसमितिद्वारा प्रदेश प्रतिनिधि तोकी पठाउने गरी नेपाली कांग्रेस केन्द्रीय कार्यालयको परिपत्र बमोजिम बागमती प्रदेश कार्यसमितिको तर्फबाट प्रदेश कार्यसमितिका सभापति ईन्द्रबहादुर बानियाँले तपसिल बमोजिमका सदस्यहरुलाई प्रदेश प्रतिनिधि तोक्नुभएको छ यस्तै गरि बाग्मती प्रदेश सदस्य कुमार दुलाल सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका प्रतिनिधि को रुपमा खटाइएको छ ।