मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • आईपीएल) मा मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ
समाचार

आईपीएल) मा मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ

  • सिधा दृष्टी आइतवार, बैशाख १८, २०७९ | May 1, 2022

काठमाडौं- इन्डियन प्रमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ। लिगको नवौं चरणमा मुम्बईले दोस्रो स्थानको राजस्थान रोयल्साई पाँच विकेटले हराउँदै सिजनको पहिलो जित निकालेको हो।

यता टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले पुरा ओभर खेल्दै छ विकेट गुमाएर १५८ रन बनाएको थियो। जवाफमा चार बल बाँकी रहँदै पाँच विकेट गुमाएर १५९ रनको लक्ष्य मुम्बईले १६१ रन बनाएर पुरा गरेको हो।

मुम्बईको जितमा म्यान अफ दि म्याच रहेका सूर्यकुमार यादवले ३९ बलमा ५१ रन बनाएका थिए। त्यस्तै, तिलक

वर्माले ३५ रनको योगदान दिए। यता, मुम्बईलाई लक्ष्य पुरा गर्न नदिन रोयल्सका ट्रेन्ट बोल्ट, प्रशिद कृष्ण, रविचन्द्र अश्विन, युजवेन्द्र चहल र कुलदिप शर्माले समान १–१ विकेट लिएका थिए। तर उनीहरूको प्रयास असफल रह्यो।

त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानका जस बटलरले सर्वाधिक ६७ रन बनाएका थिए भने सन्जु समसनले १५ र देवदत्त पडिक्कलले १५ रनको योगदान दिएका थिए। त्यसक्रममा हृथिक शोकिन र रियल मेरेडिथले समान २–२ विकेट गिराए।

अहिले दोस्रो स्थानको राजस्थानले ९ खेलबाट १२ अंक बनाएको छ। शीर्षस्थानको गुजरातको १६ अंक रहेको छ। पहिलो जितका साथ मुम्बईले दुई अंक बनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय