आइतवार, अशोज ९, २०७९ | Sunday 25th September 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • छैटौं संस्करणको एनभीए क्लब भलिबल लिग वैशाख १८ गतेबाट २४ गतेसम्म काठमाडौंमा हुँदैछ
समाचार

छैटौं संस्करणको एनभीए क्लब भलिबल लिग वैशाख १८ गतेबाट २४ गतेसम्म काठमाडौंमा हुँदैछ

  • सिधा दृष्टी आइतवार, बैशाख १८, २०७९ | May 1, 2022

काठमाडौं- छैटौं संस्करणको एनभीए क्लब भलिबल लिग वैशाख १८ गतेबाट २४ गतेसम्म काठमाडौंमा हुँदैछ। पुरुषतर्फ सात र महिलातर्फ पाँच क्लब सहभागी रहेको प्रतियोगिता आजबाट त्रिपरेश्वरस्थित राखेपको कभर्डहलमा सुरु हुन लागेको हो।

प्रतियोगितामा सहभागी बनेका टिम एनभीए क्लब च्याम्पिनयसिपबाट छनोट भएका थिए। त्यसैको आधारमा यो प्रतियोगिता हुन लागेको हो।

प्रतियोगितामा पुरुतर्फ तीन विभागीय टिमहरू छन्। जसमा नेपाल त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब रहेका छन्। त्यस्तै,हेल्प नेपाल स्पोर्ट्स क्लब,गल्कोट स्पोर्ट्स क्लब, गण्डकी प्रदेश र ढोरपाटन स्पोर्टस क्लब गरी पुरुषतर्फ

कुल ७ टोलीको सहभागिता छ।

प्रतियोगितामा महिलातर्फ होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब,नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र एभरेष्ट भलिबल क्लब गरी ५ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

संघले प्रतियोगिताको एक दिन अघि खेल तालिका सार्वजनिक गरेको थियो। सो तालिका अनुसार उद्घाटन खेलमा पुरुषतर्फ गण्डकी र ढोरपाटन भिड्ने छन्।

पहिलो दिन नै पुलिस र गल्कोट तथा आर्मी र एपिएफबीच पनि प्रतिस्पर्धा हुनेछ। पहिलो दिन महिलातर्फका खेल हुनेछैनन्।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय