आइतवार, अशोज ९, २०७९ | Sunday 25th September 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई कांग्रेस प्रवेश गर्न चुनौती
समाचार

अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई कांग्रेस प्रवेश गर्न चुनौती

  • सिधा दृष्टी शनिबार, बैशाख १७, २०७९ | April 30, 2022

काठमाडौँ — नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई कांग्रेस प्रवेश गर्न चुनौती दिएका छन् । माओवादी केन्द्रले स्थानीय चुनावको घोषणा पत्र ल्याउन नसकेको भन्दै पोखरेलले उक्त चुनौती दिएका हुन् । ‘माओवादी घोषणा पत्र जारी गर्न सक्दैन, पुष्पकमल दाहाल जी, हिम्मत छ भने कांग्रेस प्रवेश गर्नुस्,’ उनले भने, ‘राष्ट्रिय राजनीति अलमल्याउने काम नगर्नुस् । वैशाख ३० मा हुने स्थानीय निर्वाचन सामान्य निर्वाचन नभएर लडाइँ भएको पोखरेलले बताए ।

उक्त लडाइँ एमालेलाई जित्नैपर्ने अवस्था रहेको

पोखरेलको भनाई छ । यो निर्वाचन सामान्य निर्वाचन होइन । यो लडाइँ हो,’ उनले भने, ‘यो लडाइँको नेतृत्व एकातिर केपी ओली र अर्कोतिर गठबन्धनकारी शक्ति खडा भएका छन् । यो लडाइँ एमालेले जित्नुपर्छ । उनको भनाई छ । एमालेले मुलुकमा राजनीतिक स्थायित्व, आर्थिक विकास र समृद्धिको वकालत गर्ने भएकाले चुनाव जित्नुपर्ने उनको धारणा छ । एमालेका उम्मेदवारका विषयमा समिक्षा हुन सक्ने भन्दै उनले निर्वाचन सकिएपछि छलफल हुन सक्ने बताए ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय