पछिल्लो समय नायिका सुष्मा अधिकारी भारतीय सञ्चारमाध्यमको नजरमा पर्न थालेकी छिन् । केही भोजपुरी फिल्ममा काम गरेपछि उनी भारतीय सञ्चारमाध्यमको नजरमा पर्न थालेकी हुन् ।
अधिकारीले सामाजिक सञ्जालमा राखेका तस्विरहरूलाई लिएर टाइम्स अफ इन्डिया जी न्यूज लगायत भारतीय सञ्चारमाध्यमले उनको बारेमा समाचार प्रकाशित गरेका छन् ।
तीनसय बढि म्यूजिक भिडियोमा काम गरिसकेकी अधिकारीले नेपाली फिल्म अनौठो प्रेमकथाबाट फिल्मि क्षेत्रमा डेब्यू गरेकी हुन् । अधिकारीको दोस्रो फिल्म ‘पीपल’ हो तर यी दुवै फिल्महरू व्यवसायिक रुपमा धेरै ठूलो व्यापार भने गर्न सकेनन्
। अधिरकारीकै भनाईमा अनौठो प्रेम कथा गोपिकृष्ण फिल्म हलमा दुई हप्तासम्म राम्रोसँग चलेको थियो ।
फिल्मको लगानी खासै ठूलो नभएपनि उक्त फिल्मले आफ्नो लगानी उठाउन सफल भएको थियो ।
पछिल्लो समय उनले भोजपुरीमा दिवाना-२ तथा जय मधेश मा अभिनय गरेकी छिन् । म्युजिक भिडियोहरुमा भने सुष्माको क्रेज लोभलाग्दो छ ।
सुष्मालाई आफ्नो फिगर मेन्टेन गर्न सक्ने अभिनेत्रीको रूपमा लिइन्छ ।
थुप्रै विज्ञापनमा समेत काम गरेकी उनी स्टेज कार्यक्रमका लागि पनि त्यति नै चर्चित छिन् । देश तथा विदेशका कार्यक्रमको अनुभव सँगाली सकेकी उनी स्टेज कार्यक्रमबाट पनि राम्रो आम्दानी हुनेहुनेबताउँछिन् ।
अधिकारी इन्स्टा र फेसबुकमा अपडेट भइरहन्छिन् । उनले गुलाबी रंगको बिकिनीमा निकै बोल्ड तस्विरहरु इन्टाग्राममा शेयर गरेर फ्यानहरुको ध्यान आफूतर्फ खिच्न सफल भएकी छिन् । ती तस्विरहरु अहिले चर्चामा छन् ।