शनिबार, चैत्र १८, २०७९ | Saturday 1st April 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • १८ वर्षीया एक किशोरी गर्भवती भएको खुलेपछि ४३ वर्षीय उमबहादुर नेपाली पक्राउ परेका छन्
समाचार

१८ वर्षीया एक किशोरी गर्भवती भएको खुलेपछि ४३ वर्षीय उमबहादुर नेपाली पक्राउ परेका छन्

  • सिधा दृष्टी बिहिबार, बैशाख १५, २०७९ | April 28, 2022

काठमाडौँ — गुल्मीमा एक किशोरीको गर्भ रहेको खुलेपछि आरोपी पुरुष पक्राउ परेका छन् ।

जबरजस्ती करणीबाट छत्रकोटकी १८ वर्षीया एक किशोरी गर्भवती भएको खुलेपछि छत्रकोट गाउँपालिका ६ का ४३ वर्षीय उमबहादुर नेपाली पक्राउ परेका हुन् ।

गएको फागुन २ गते उनले किशोरीलाई जबरजस्ती करणी गरेका पीडितको भनाई छ । बलात्कारपछि फरार रहेका नेपालीलाई यही वैशाख १३ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । नेपालीले फागुन २ गते स्थानीय एक गोठमा आफूलाई जबरबस्ती करणी गरेको किशोरीले बताएकी छन्

बलात्कारपछि किशोरीको महिनावारी रोकिएको र परीक्षण गर्दा गर्भ रहेको खुलेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधव खरेलले जानकारी दिए ।

छोरीको गर्भ रहेको मेडिकल रिपोर्टले देखाएपछि मात्रै अभिभावकले प्रहरीमा बलात्कारको उजुरी दर्ता गरेका हुन् । नेपालीलाई जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय