शुक्रबार, अशोज २१, २०७९ | Friday 7th October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • रुस युक्रेनसँग फेरि वार्ता गर्न सहमत भएको छ
समाचार

रुस युक्रेनसँग फेरि वार्ता गर्न सहमत भएको छ

  • सिधा दृष्टी बिहिबार, बैशाख १५, २०७९ | April 28, 2022

काठमाडौं- रुस युक्रेनसँग फेरि वार्ता गर्न सहमत भएको छ। रुसका विदेश मन्त्री सेर्गेइ लाभ्रोभले युक्रेनसँग पुनः वार्ता गर्न तयार रहेको प्रतिक्रिया दिएका छन्।

रुस भ्रमणमा पुगेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसँगको भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा लाभ्रोभले युक्रेनसँग फेरि वार्ता अघि बढाउने बारेमा सहमति भएको जनाएका थिए।

युक्रेनसँगको द्वन्द्व कूटनीतिक तरिकाबाट नै समाधान गर्नुपर्नेमा आफूहरू सहमत रहेको उनको भनाइ थियो। उनले यसअघिका वार्ता युक्रेनकै कारण सफल हुन नसकेको दाबीसमेत गरेका थिए।

आक्रमण भएको एक हप्ता नबित्दै पहिलो चरणको वार्ता भएको

थियो। त्यसपछि पनि पटक–पटक वार्ता भए पनि निष्कर्षमा पुग्न सकेका थिएनन्।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय