शनिबार, जेष्ठ ७, २०७९ | Saturday 21st May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
समाचार

आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

  • सिधा दृष्टी बिहिबार, बैशाख १५, २०७९ | April 28, 2022

काठमाडौं- म्याग्दीको मालिका गाउँपालिका–६ बाङ्गेपहिरोमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

दरवाङदेखि बाबियाचौरतर्फ जाँदै गरेको ग९प ७४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मालिका गाउँपालिका–५ गरजराका २३ वर्षीय भविन्द्र किसानको मृत्यु भएको प्रहरी निरीक्षक राजन ढकालले बताए।

किसानको घटनास्थलमै मृत्यु भएको हो। मोटरसाइकलको पछाडि सवार मङ्गला गाउँपालिका–२ का २५ वर्षीय सन्तोष किसानलाई सामान्य चोट लागेको छ। बिहान ३ बजे मोटरसाइकल सडकबाट करिब १०० मिटर तल खसेको थियो।

उक्त सडकखण्डमा हाल सडक स्तरोन्नतिको काम भइरहेको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय