शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • लिभरपुलले स्पेनिस क्लब भिल्लारियललाई २-० ले हराएको छ
समाचार

लिभरपुलले स्पेनिस क्लब भिल्लारियललाई २-० ले हराएको छ

  • सिधा दृष्टी बिहिबार, बैशाख १५, २०७९ | April 28, 2022

काठमाडौं- युरोपेली च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति सम्पन्न भएको खेलमा प्रिमियर क्लब लिभरपुलले स्पेनिस क्लब भिल्लारियललाई २-० ले हराएको छ।

लिभरपुलको एनफिल्ड रंगशालामा भएको खेलमा भिल्लारियलले लिभरपललाई हराएसँगै फाइनलको यात्रालाई केही सहज बनाएको छ।

सेमिफाइनलअन्तर्गत पहिलो लेगको खेलमा लिभरपुलले घरेलु समर्थकमाझ ७४ प्रतिशत समय बलमा नियन्त्रण बनाउँदै विपक्षीको पोस्टमा १९ पटक प्रहार गरेको थियो। यता भिल्लाले भने एकपटक मात्र लिभरपुलको पोस्टतर्फ प्रहार गर्न सक्यो।

खेलको पहिलो हाफ गोलरहित बराबरी भए पनि लिभरपुलले आत्मघाती गोलको सहयोगमा खाता खोलेको थियो। ५३औं मिनेटमा

प्रेभिस स्तुपिनानले आफ्नै पोस्टमा गोल गरेका थिए।

यता, साडियो मानेले खेलको ५५औं मिनेटमा अर्को गोल थपेपछि लिभरपुलले दुई गोल गरेको हो। मोहम्मद सलाहले दिएको पासमा मानेले गोल गरेका थिए।

यसअघि सोमबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले स्पेनिस क्लब रियलम ड्रिडविरुद्ध ४–३ गोको जित निकालेको छ। पहिलो र दोस्रो लेगको समग्र विजेता फाइनलमा पुग्नेछ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय