शनिबार, जेष्ठ ७, २०७९ | Saturday 21st May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • काठमाडौं महानगरपालिकाको मेयर पदकी उम्मेदवार नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले आज संकल्प पत्र सार्वजनिक गर्ने
समाचार

काठमाडौं महानगरपालिकाको मेयर पदकी उम्मेदवार नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले आज संकल्प पत्र सार्वजनिक गर्ने

  • सिधा दृष्टी बिहिबार, बैशाख १५, २०७९ | April 28, 2022

काठमाडौं- सत्तागठबन्धनबाट काठमाडौं महानगरपालिकाको मेयर पदकी उम्मेदवार नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले आज संकल्प पत्र सार्वजनिक गर्ने भएकी छन्।

सिंहको सचिवालयका अनुसार बिहीबार बिहान ११ बजे बबरमहलस्थित कार्की ब्याङ्केटमा आयोजित कार्यक्रममार्फत संकल्प पत्र सार्वजनिक गर्ने भएकी हुन्।

सिंहले शिक्षा, स्वास्थ्य, रोजगार, ऐतिहासिक तथा सांस्कृतिक क्षेत्र संरक्षणजस्ता मुद्दा उठाउँदै आएकी छन्। उनले नि:शुल्क खानेपानी र शौचालयको व्यवस्थापन मिलाउने, श्रमिकका छोराछोरीलाई सामुदायिक विद्यालयमा शिशु स्याहार केन्द्र, बागमती र विष्णुमती सरसफाइजस्ता विषय उठाएकी छन्।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय