बिहिबार, जेष्ठ १८, २०८० | Thursday 1st June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • गर्भवती महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ
समाचार

गर्भवती महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ

  • सिधा दृष्टी बुधबार, बैशाख १४, २०७९ | April 27, 2022

काठमाडौँ — गर्भवती महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको नागढुंगाबाट एक जना बलात्कार आरोपितलाई बुधबार पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए । कैलाली लम्कीचुहा नगरपालिका—२ मोतीपुर घर भई काठमाडौंको चन्द्रागिरि नगरपालिका—२ नागढुंगा बस्ने ३५ वर्षीय सागर शाहीलाई पक्राउ गरेको हो ।

उनीमाथि गर्भवती महिलालाई बलात्कार गरेको आरोप छ । गत चैत ८ गते उनले नागढुंगास्थित महिलाको कोठामा कोही नभएको मौकामा सागर पुगेका थिए । उनले डर

त्रास देखाएर धम्की दिई बलात्कार गरेको प्रहरी उपरीक्षक कोइरालाले बताए । बलात्कार गरी फरार भएका उनलाई बुधबार पक्राउ गरेको हो । उनीमाथि जबरजस्ती करणीसम्बन्धी कसूरमा थप अनुसन्धान गर्न प्रहरी वृत्त थानकोट, काठमाडौं पठाएको कार्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय