मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • सरकारले २ दिन बिदा दिने निर्णय गरेपछि कार्यालय समय भने बढेको छ
मुख्य खबर

सरकारले २ दिन बिदा दिने निर्णय गरेपछि कार्यालय समय भने बढेको छ

  • सिधा दृष्टी बुधबार, बैशाख १४, २०७९ | April 27, 2022

काठमाडौँ — सरकारले २ दिन बिदा दिने निर्णय गरेपछि कार्यालय समय भने बढेको छ । हाल कार्यालय समय बिहान १० देखि ५ बजेसम्म रहेकामा अब कार्यालय समय १ घण्टा बढ्ने भएको छ । अर्थात् बिहान ९ बजेर ३० मिनेटदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय सरकारले गरेको छ । सरकारले जेठ १ गतेदेखि साताको २ दिन बिदा दिने निर्णय गरेसँगै कार्यालय समय भने बढेको हो । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले साताको दुई दिन शनिबार र आइतबार सार्वजनिक

बिदा दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारप्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जेठ १ देखि लागू हुनेगरी बिहान ९ बजेर ३० मिनेटदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय भएको पनि जानकारी दिए । हाललाई यो निर्णय परीक्षणको रुपमा कायम रहनेछ । मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘हाललाई परीक्षणको रुपमा २०७९ जेठ १ देखि लागू हुने गरी बिहान ९ः३० बजे र साँझ ५ः३० सम्म कार्यालय कायम गर्ने । शनिबार र आइतबार सातामा दुई दिन सार्वजनिक बिदा दिने भएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय