काठमाडौँ — स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका र्यापर बालेन शाहको प्रचारमा कलाकर्मीले पनि साथ दिइरहेका छन् । करिब दुई महिना अगाडि सामाजिक सञ्जालबाट काठमाडौँको मेयरमा उठ्ने घोषणा गर्दै चर्चामा रहन सफल उनले स्वतन्त्रबाट महानगरपालिकाको उम्मेदवारी दर्ता गरेका छन् ।
उनको समर्थनमा कलाकारले सक्रिय तथा सामाजिक सञ्जाल मार्फतसाथ दिइरहेका छन् । निर्देशकहरू दीपेन्द्र के खनाल, निश्चल बस्नेत, प्रियङ्का कार्की,स्वस्तिमा खड्का, निशा अधिकारी, नम्रता श्रेष्ठ, कलाकार निर्मल शर्मा, गायक हेमन्त शर्मा, गायिका इन्दिरा जोशी लगायत धेरै सेलब्रेटीले बालेनको