आइतवार, अशोज ९, २०७९ | Sunday 25th September 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • मोरङबाट खैरो हेरोइनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ
मुख्य खबर

मोरङबाट खैरो हेरोइनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ

  • सिधा दृष्टी बुधबार, बैशाख १४, २०७९ | April 27, 2022

विराटनगर- मोरङको रतुवामाई नगरपालिका–३ बाट खैरो हेरोइनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको पथरीशनिश्चरे नगरपालिका-४ का ५३ वर्षीय खड्कप्रसाद सिलवाल रहेका छन्।

भारतबाट लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) लिएर आउँदै गर्दा मोरङको रतुवामाई नगरपालिका–३ बाट उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

उनले चलाएको बा७६प ४६९७ नम्बरको मोटरसाइकललाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा लागूऔषध फेला परेको मोरङ प्रहरीका प्रवक्ता प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए।

सिलवालको साथमा ६ सय ८८ ग्राम ब्राउन सुगर बरामद भएको छ। डीएसपी श्रेष्ठले पक्राउ परेका

सिलवालविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन अदालतबाट मंगलबार म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको बताए।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय