बिहिबार, जेष्ठ १२, २०७९ | Thursday 26th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • भारतमा बालबालिकाहरूलाई दिनका लागि दुई कोरोना विरुद्धको खोपलाई स्वीकृति दिइएको छ
मुख्य खबर

भारतमा बालबालिकाहरूलाई दिनका लागि दुई कोरोना विरुद्धको खोपलाई स्वीकृति दिइएको छ

  • सिधा दृष्टी बुधबार, बैशाख १४, २०७९ | April 27, 2022

काठमाडौं- भारतमा बालबालिकाहरूलाई दिनका लागि दुई कोरोना विरुद्धको खोपलाई स्वीकृति दिइएको छ। भारतले १२ वर्ष मुनिका बच्चाहरूका लागि दुई घरेलु खोपलाई स्वीकृत दिएको हो।

कोरोना संक्रमण बढ्न थालेसँगै सरकारले भारत बायोटेकले बनाएको कोभ्याक्सिनलाई ६–१२ उमेर समूहका लागि आपतकालीन प्रयोगको अनुमति दिएको स्वास्थ्यमन्त्री मनसुख मण्डावियाले जानाकारी दिए।

यो खोप यसअघि १२ देखि १८ वर्ष उमेर समूहका बालबालिका र वयस्कलाई लगाइएको थियो। त्यस्तै, दुई अन्य खोपहरूलाई पनि आपतकालीन स्वीकृति दिइएको छ।

५ देखि १२ वर्षका बालबालिकाका लागि कोर्बेभ्याक्स र

१२ वर्षभन्दा माथिका बालबालिकाका लागि जाइडसको दुई–डोजलाई सरकारले स्वीकृत दिएको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय