मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • दुई क्लिनिकबाट प्रहरीले दुईजना नक्कली चिकित्सकलाई पक्राउ गरेको छ
समाचार

दुई क्लिनिकबाट प्रहरीले दुईजना नक्कली चिकित्सकलाई पक्राउ गरेको छ

  • सिधा दृष्टी बुधबार, बैशाख १४, २०७९ | April 27, 2022

काठमाडौँ — मोरङको पथरीशनिश्चरेमा रहेका दुई क्लिनिकबाट प्रहरीले दुईजना नक्कली चिकित्सकलाई पक्राउ गरेको छ ।

पथरीशनिश्चरेस्थित श्रीराम पाइल्स क्लिनिक सञ्चालक भारतीय नागरिक २७ वर्षीय पर्सनजित बर्मन र मोरङको सुन्दरहरैंचा–३ मा रहेको कल्पना आयुर्वेदिक क्लिनिकका सञ्चालन भारतको दार्जिलिङ घर भएका २९ वर्षीय सनोड मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुसँग चिकित्सा शिक्षा अध्ययनको शैक्षिक प्रमाण पत्र र नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमणपत्र नपाइएपछि पक्राउ गरिएको मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए ।
‘आवश्यक कागजातबिनै उनीहरुले क्लिनिक सञ्चालन गरेको

सूचनाको आधारमा हामीले अनुसन्धान गरेका थियौँ,’ एसपी कोइरालाले भने, ‘उनीहरुसँग आवश्यक कागजात फेला परेन। दुबै नक्कल चिकित्सक भएको पाइएपछि पक्राउ गरेका हौँ ।’

उनीहरुलाई जिल्ला अदालत मोरङबाट ५ दिनको म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय