शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • मेयर लड्न राजीनामा दिएका बिष्णुप्रसाद भुसालले टिकट पाएनन्
समाचार

मेयर लड्न राजीनामा दिएका बिष्णुप्रसाद भुसालले टिकट पाएनन्

  • सिधा दृष्टी मङ्लबार, बैशाख १३, २०७९ | April 26, 2022

काठमाडौँ — मेयर लड्न राजीनामा दिएका बिष्णुप्रसाद भुसालले टिकट पाएको छैन । नवलपुरको देवचुली नगरपालिकामा मेयर लड्न भन्दै उपसचिवबाट राजीनामा दिएका बिष्णुप्रसाद भुसाललाई नेपाली कांग्रेसले टिकट दिएन । सोमबार मनोनयन दर्ता गर्ने अन्तिम समयसम्म पनि भुसाललाई कांग्रेसले टिकट नदिएको हो । ‘टिकट पाइएन । राजनीति भन्ने चिज गाह्रो हुँदो रहेछ,’ भुसालले भने । उनले दिएको राजीनामा भने स्वीकृत भइसकेको छैन ।

देवचुली नगरपालिकाका स्थानीय उनले केही समयअघि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत बनेर काम गरेका थिए । देवचुलीमा कांग्रेसले अशोक बस्ताकोटीलाई

मेयर उम्मेदवार बनाएको छ । माओवादी केन्द्रलाई उपमेयर दिएर यी दुई दलबीच नगरपालिकामा गठबन्धन भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय