बिहिबार, जेष्ठ १८, २०८० | Thursday 1st June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • बागी उम्मेदवारी फिर्ता लिन पौडेललाई कांग्रेसको आग्रह, कारबाहीको चेतावनी
समाचार

बागी उम्मेदवारी फिर्ता लिन पौडेललाई कांग्रेसको आग्रह, कारबाहीको चेतावनी

  • सिधा दृष्टी सोमवार, बैशाख १२, २०७९ | April 25, 2022

चितवन- चितवनको भरतपुर महानगरमा उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई फिर्ता लिन नेपाली कांग्रेसले आग्रह गरेको छ। पार्टीको नीतिविपरीत बागी उम्मेदवारी दिएको भन्दै जिल्ला सभापति राजेश्वर खनालले पौडेललाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन्।

पौडेलले उम्मेदवारी फिर्ता नगरे कारबाही गर्ने कांग्रेस चितवनको चेतावनी छ। पूर्वसांसद एवं नेपाली कांग्रेसका नेता पौडेलले सोमबार उम्मेदवारी दर्ता गराएका थिए।

उनले आफूलाई दलले कारबाही गरे आफू नडराउने बताएका थिए। खनालले उम्मेद्दारी फिर्ता लिने समयसम्म फिर्ता नभए कारबाही हुने बताएका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय