काठमाडौं । सत्तारुढ गठबन्धन दलको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले मनोनयन दर्ता गराएकी छिन् । राष्ट्रिय सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बाजागाजासहित उम्मेदवारी दर्ताका लागि सिंह पुगेकी थिइन् । सत्तारुढ ५ दलीय गठबन्धनबीच चुनावी तालमेल हुँदा काठमाडौं महानगरपालिकाको मेयर पद कांग्रेसले पाएको थियो । त्यसैगरी उपमेयर पद नेकपा एकीकृत समाजवादीले पाएको हो । नेतृ सिंह कांग्रेस नेता प्रकाशमान सिंहकी धर्मपत्नी हुन्