काठमाडौं । नेपाली काँग्रेसले बुढा नीलकण्ठ नगरपालिकाको प्रमुख पदमा विनोद चालिसेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आइतबार बसेको स्थानीय तह निर्वाचन प्रयोजनको सन्दर्भमा नेपाली काँग्रेस वाग्मती प्रदेश संसदीय समितिको बैठकले उनलाई टिकट दिने निर्णय गरेको हो ।
चालिसे नेपाली काँग्रेसको साबिकको कपन गाविसका सभापति, पूर्व क्षेत्रीय सचिव एवं हाल केन्द्रीय महाधिवेशन प्रतिनिधि पनि छन् ।
यसअघि एमालेले अधिकांश वडा सहित नगरप्रमुख जितेको बुढानीलकण्ठ नगरपालिकामा कांग्रेसको तर्फबाट चालिसेसहित नगर प्रमुखमा उम्मेदवार बन्न नेपाली कांग्रेस काठमाडौं जिल्ला उपसभापति गोकर्ण केसी, जिल्ला
कार्य समितिका सचिव इन्द्रबहादुर थापा, काठमाडौं क्षेत्र नं ५को क्षेत्रीय सभापति श्यामबहादुर खड्का, क्षेत्र नं ४का क्षेत्रीय सचिव दामोदर भट्टराई (बद्री), बुढानीकलकण्ठ नगर समिति सभापति राजाराम बुुढाथोकी, नगर सचिव विजेन्द्र श्रेष्ठ, महाधिवेशन प्रतिनिधहरु मिना पराजुली, कृष्णकुमारी बस्नेत, अच्युत पौडेल, भोलानाथ लामिछाने, रामकृष्ण केसी , आत्माराम पौडेल, श्याम डोटेलले आवेदन दिएका थिए ।