तारकेश्वरको मेयरमा नेपाली कांग्रेसको तर्फबाट युवा नेता कृष्णहरि मर्हजनको नाम सिफारीस भएको छ । पूर्व रक्षामन्त्रि तथा सांसद भिमसेनदास प्रधानको बिश्वासको पात्र समेत रहेका मर्हजन कांग्रेस तारकेश्वरको नगर सभापतिका रुपमा कार्यरत छन ।कांग्रेसमा अन्य गुटमा पनि लोकप्रिय रहेका मर्हजन युवा जमातमा पनि उत्तीकै प्रख्यात छन ।
केही महिना अघिमात्र सम्पन्न भएको कांग्रेसको वडा , नगर , क्षेत्रीय तथा प्रदेश अधिवेशन हेर्दा काठमाडौ क्षेत्र नं ६ मा कृष्ण प्रसाद सिटौला अर्थात भिमसेनदास प्रधानको टिम बलियो छ जसका कारण अवको चुनावमा कांग्रेसको
तर्फबाट मेयरको टिकटमा पहिलो प्राथमिकता कृष्णहरि मर्हजननै हुने कांग्रेसजनहरुको भनाई थियो ।
तारकेश्वरमा जनसंख्याको हिसावले मनमैजु अगाडी रहेकाले पनि मर्हजनको सम्भावना बलियो हुँदै गएको तथा राजनैतिक रुपमा मात्र नभई ब्यापार , शैक्षीक तथा आर्थीक र सामाजिक रुपमा पनि मर्हजन अब्वल रहेको कृष्णहरि निकट कांग्रेस जनको भनाई छ ।