बिहिबार, जेष्ठ १२, २०७९ | Thursday 26th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेलको टिकट खोसेर कृष्ण थापालाई दिएको छ
समाचार

पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेलको टिकट खोसेर कृष्ण थापालाई दिएको छ

  • सिधा दृष्टी सोमवार, बैशाख १२, २०७९ | April 25, 2022

काठमाडौँ — पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेलको टिकट खोसेर कृष्ण थापालाई दिएको छ । शनिबार पौडेललाई टिकट दिएपछि उनको पुरानो भिडियोहरू शेयर गर्दै चौतर्फी आलोचना र विरोध भएको थियो । त्यसमाथि उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र केन्द्रीय सदस्य खगराज अधिकारीको टकरावका कारण कास्की एमाले विभाजित छ । पौडेलले गुरुङ प्यानलबाट टिकट पाएका हुन् । त्यसपछि उनीविरुद्ध प्रहार धेरै भयो । अन्ततः उनको टिकट फिर्ता लिएर खगराज प्यानलका थापालाई टिकट दिइएको हो ।

उपमेयरमा भने पुनः मन्जु गुरुङ नै उम्मेदवार बनेकी छिन्

। यसअघि गुरुङले आफू उम्मेदवार नबन्ने बताएपनि अहिले मौन छिन् । थापा र गुरुङ दुवैजना केन्द्रीय सदस्य हुन् । थापालाई रोक्न पृथ्वीसुब्बाले प्रदेश सरकार आफ्नो बन्ने र त्यहाँ मत नपुग्ने कार्ड फालेका थिए । तर उनको कार्ड सफल हुन सकेन । अन्ततः थापालाई टिकट दिइएको छ । थापा २०५४ सालमा पनि पोखराको मेयर भएर काम गरेका ब्यक्ति हुन् । २०७० मा भने कास्की २ बाट चुनावमा पराजित भएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय