सोमवार, जेष्ठ ९, २०७९ | Monday 23rd May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • नेकपा (एमाले) ले पोखरा महानगरको मेयरको टिकट दिएका दीपक पौडेलले सुन चोरेको भिडियो सार्वजनिक भएपछि तर‌ग फैलिएको छ
समाचार

नेकपा (एमाले) ले पोखरा महानगरको मेयरको टिकट दिएका दीपक पौडेलले सुन चोरेको भिडियो सार्वजनिक भएपछि तर‌ग फैलिएको छ

  • सिधा दृष्टी आइतवार, बैशाख ११, २०७९ | April 24, 2022

काठमाडौँ — नेकपा (एमाले) ले पोखरा महानगरको मेयरको टिकट दिएका दीपक पौडेलले सुन चोरेको भिडियो सार्वजनिक भएपछि तर‌ग फैलिएको छ । उनले एउटा पसलबाट सुनको गहना निकालेर खल्तीमा हालेको सिसीटीभि फुटेज भाइरल भएको छ । त्यसपछि एमालेकै कार्यकर्ताहरूले समेत उनको विरोध गरेका छन् । केही वर्षअघि पोखराको एउटा पसलबाट उनले सुनको औंठी निकालेको र थाहा पाएपछि पार्टीले घटना मिलाएको बताइन्छ ।

अहिले चुनावमा टिकट पाएपछि पौडेलको उक्त भिडियो भाइरल बनाइएको छ । एमालेको केन्द्रीय सचिवालय बैठकले मेयरमा पौडेललाई टिकट दिएसँगै

पुरानो भिडियो अहिले निकालिएको हो । उनको सामाजिक सन्जालमा भिडियोसहित आलोचना भइरहेको छ । यसबारेमा बुझ्न खोज्दा पौडेल सम्पर्कमा आएनन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय