आइतवार, अशोज ९, २०७९ | Sunday 25th September 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • कांग्रेसको घोषणा पत्र :६० वर्षमाथिका नागरिकलाई घरमै स्वास्थ्य सेवा
मुख्य खबर

कांग्रेसको घोषणा पत्र :६० वर्षमाथिका नागरिकलाई घरमै स्वास्थ्य सेवा

  • सिधा दृष्टी आइतवार, बैशाख ११, २०७९ | April 24, 2022

काठमाडौँ — नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन घोषणापत्र २०७९ सार्वजनिक गरेको छ । घोषणापत्रमा ६० वर्ष माथिका नागरिक, गर्भवती महिला, दीर्घ रोग भएका, अपाङ्गता भएका र स्वास्थ्य संस्थाको पहुँचमा पुग्न नसकेका व्यक्तिलाई नियमित परीक्षण, परामर्श, औषधी र उपचारसहित घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणापत्रमा उल्लेख गरेको छ ।

नसर्ने रोगहरूको बढ्दो चापलाई न्यून गर्न ४० वर्ष माथिका हरेक नागरिकलाई उच्च रक्तचाप, मुटु रोग, मधुमेह, मृगौला रोग, श्वासप्रश्वास सम्बन्धी रोग, महिलाको पाठेघरको मुखको क्यान्सर स्क्रिनिब लगायतका नियमित चेकजाँच वर्षमा एक पटक

निःशुल्क गर्ने व्यवस्था गर्ने भनिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय