शुक्रबार, अशोज २१, २०७९ | Friday 7th October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • कक्षा १२ को परीक्षाको समयतालिका परिवर्तन
समाचार

कक्षा १२ को परीक्षाको समयतालिका परिवर्तन

  • सिधा दृष्टी आइतवार, बैशाख ११, २०७९ | April 24, 2022

काठमाडौँ — राष्ट्रिय परिक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले कक्षा १२ को परीक्षाको समयतालिका परिवर्तन गरेको छ ।

आगामी जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने गरी परीक्षाको समय परिवर्तन गरेको हो ।

बोर्डले यसअघि बिहान ११ बजेदेखि २ बजेसम्म परीक्षा सञ्चालन गर्ने समयतालिका सार्वजनिक गरेको थियो । बोर्डले सूचना जारी गर्दै विभिन्न सरोकारवालाहरुले समय तालिका परिवर्तन गरिदिन अनुरोध गरेकाले समयतालिका परिवर्तन गरिएको जनाएको छ ।

हेर्नुस् समयतालिका

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय