आइतवार, अशोज ९, २०७९ | Sunday 25th September 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • स्कुटर चोरीमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ
समाचार

स्कुटर चोरीमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ

  • सिधा दृष्टी आइतवार, बैशाख ११, २०७९ | April 24, 2022

काठमाडौं- काठमाडौंका विभिन्न स्थानबाट स्कुटर चोरीमा संलग्न पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। स्कुटर चोरी कार्यमा संलग्न रहेको आरोपमा आठ थान स्कुटरसहित प्रहरीले पाँचजना पक्राउ परेको छ।

काभ्रे धुलिखेल नगरपालिका ११ का १८ वर्षीय किशोरसहित ५ जना किशोरलाई प्रहरीले पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले बुधबार एक जना किशोरलाई चोरी भएको एक थान स्कुटरसहित नियन्त्रणमा लिई थप अनुसन्धान गर्ने क्रममा काठमाडौंका विभिन्न स्थानबाट चोरी गरी स्कुटर लुकाई राखेको खुलेको थियो।

बिहीबार काठमाडौं महानगरपालिका १५

चौमतीस्थित सडकबाट चोरी भएका अन्य सात थान स्कुटरसहित चोरी कार्यमा संलग्न ती किशोरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय