काठमाडौं- काठमाडौंको काँडाघारीमा आइतबार बिहानै मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ।
बा५०प ९९३६ नम्बरको मोटरसाइकल बिहान साढे ५ बजेतिर अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किँदा ओखलढुङ्गाको सुनकोसी गाउँपालिका-६ का अन्दाजी ३२ वर्षका कमल आले मगर र अन्दाजी २२ वर्षका गोपाल आले मगरको ज्यान गएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा बिहान ६ बजे मृत्यु भएको हो।