काठमाडौँ — अमेरिकाको वासिंगटनस्थित एक भवनमा एक व्यक्तिले गोली चलाउँदा तीन जना घाइते भएका छन् ।
समाचार एजेन्सी एएफपीलाई उद्यृत गर्दै बीबीसीले जनाए अनुसार हतियारधारी व्यक्तिले अटोमेटिक बन्दुकबाट अन्धाधुन्ध गोली चलाएका हुन् ।
घाइतेमध्ये एक बालिका बाहेक दुई जनाको अवस्था गम्भीर रहेको अस्पताललाई उद्धृत गर्दै समाचारमा जनाइएको छ ।घटनापछि वासिंगटनको आभा भ्यान नेसमा लकडाउन गरिएको छ । प्रहरीले गोली प्रहारमा संलग्नको खोजी गरिरहेको जनाएको छ ।