काठमाडौं- काठमाडौं महानगरपालिका-१ महेन्द्रशालीकस्थित होटेल मिर्चीबाट रेडपाण्डाको छालासहित दुई जना पक्राउ परेका छन्।
प्रहरीले बिहीबार दिउँसो एक थान रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा दोलखा मेलुङ गाउँपालिका-४ भेड्पु घर भएका २९ वर्षीय तुलसाङ दोर्जे गोले र काभ्रे पाँचखाल नगरपालिका-२ घर भएका ३८ वर्षीय राम कुमार श्रेष्ठ रहेका छन्।
रेडपाण्डाको छाला बिक्री बितरण गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको जनाएको छ।