शनिबार, चैत्र १८, २०७९ | Saturday 1st April 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • मस्जिदमा अज्ञात समूहले आक्रमण गर्दा नमाज पढिरहेका ८ जना घाइते
समाचार

मस्जिदमा अज्ञात समूहले आक्रमण गर्दा नमाज पढिरहेका ८ जना घाइते

  • सिधा दृष्टी शुक्रबार, बैशाख ९, २०७९ | April 22, 2022

काठमाडौँ – दाङको एक मस्जिदमा अज्ञात समूहले आक्रमण गर्दा नमाज पढिरहेका ८ जना घाइते भएका छन् । घाइते मध्ये एकजना गम्भीर छन् भने अन्य सात जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

लमहीका स्थानीय मुस्लिम समुदायले सुनन्त फैजाने रजा मस्जिदमा नमाज पढिरहेको बेला बाहिरबाट आएका केही अपरिचित व्यक्तिको समूहले धारिलो हतियार र ईंटा प्रहार गरेका थिए ।

घाइते हुनेमा नगरपालिका–५ का ६४ वर्षीय गुठे कुरेसी गम्भीर घाइते भएका छन् । उनको टाउकोमा गहिरोचोट लागेको छ । त्यस्तै सोही बस्नै

३३ वर्षीय अरसद अली, सवविर अली, ५२ वर्षीय मोहम्मद कासिम, २९ वर्षीय सकिल अली, ६५ वर्षीय दिल मोहम्मद मियाँ, २५ वर्षीय कमाल अली, ४२ वर्षीय मोहम्मद याकदिन अली रहेको वडा प्रहरी कार्यालय लमही प्रहरीले जनाएको छ ।

घाइतेहरूमध्ये ४ जनाको लमही अस्पतालमा उपचार भइरहेको छ भने अन्य ४ जनाको जानकी मेडिकलमा उपचार भइरहेको उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय