काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयससले ललितपुरको पाटन माध्यामिक विद्यालयस्थित खोपकेन्द्रको अवलोकन गर्नुभएको छ ।
आज महानिर्देशक गेब्रेयससले पाटन माध्यामिक विद्यालयस्थित खोपकेन्द्रको अवलोकन गर्नुभएको हो । खोप केन्द्रबाट अहिले १५ महिना भन्दा माथिका र १५ वर्ष भन्दा कम उमेर समूहका बालबालिकालाई टाइफाइडबिरुद्धको खोप सञ्चालन भइरहेको छ ।
भेटका क्रममा महानिर्देशक गेब्रेयससले आगामी दिनमा नेपालको जनसवस्थ्यको क्षेत्रमा थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको ललितपुर महानरगका मेयर चिरिबाब महर्जनले जानकारी दिनुभयो