काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका र नेपालबीचको सम्बन्धन आफूले अझ प्रगाढ बनाउन चाहेको बताएका छन्। दुई देशबीचका साझा मुद्दाअघि बढाउँदै दुई देशबीचको जारी बलियो र चिरस्थायी मित्रता अझ आफूले बढी प्रगाढ पार्न चाहेको बताएका छन्।
अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीको ओहदाको प्रमाणपत्र स्वीकार गर्दै बाइडेनले उक्त धारणाा राखेका हुन्।
‘यहाँस्थित कूटनितिक समुदायको एक सदस्यका रुपमा तपाईंलाई स्वागत गर्न चाहन्छु,’ उनले भने। अमेरिकी विदेश मन्त्रालयमार्फत राजदूत खत्रीले ओहदाको प्रमाणपत्र रबुझाएका हुन्।
कोरोना महामारीका कारण भौतिक उपस्थितिमा
नभई कागजी प्रक्रियाद्वारा ओहदाको प्रमाणपत्र बुझाइएको वासिङ्टनस्थित नेपाली दूतावासले जनाएको छ।