शनिबार, चैत्र १८, २०७९ | Saturday 1st April 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मी क्लबले जितेको छ
समाचार

मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मी क्लबले जितेको छ

  • सिधा दृष्टी शुक्रबार, बैशाख ९, २०७९ | April 22, 2022

काठमाडौँ — मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मी क्लबले जितेको छ । बुधवार सम्पन्न फाइनलमा अर्को विभागीय टोली एपीएफ क्लबलाई हराउँदै आर्मीले उपाधि हात पारेको हो ।

आर्मीले एपीएफलाई ४०–१६ ले हरायो । कैलाली जिल्ला कबड्डी संघको आयोजनामा धनगढीमा भएको प्रतियोगिताको उपाधिसँगै आर्मीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता एपीएफले ८० हजार हात पारेको छ ।

तेस्रो भएका दुई टोली सुदूरपश्चिम र लुम्बिनी प्रदेशले ४० /४० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

सुदूरपश्चिम खेलकुद परिषद् मुख्य प्रवर्धक रहेको प्रतियोगिताका विजयी खेलाडीलाई सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री गोविन्द बोहोराले पुरस्कार प्रदान गरे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय